जलश्रोत/उर्जा

बरुण हाइड्रोको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सोमवार लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको मंसिर २८ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको निर्णय सार्वजनिक गरेको हो । कम्पनीले लाभांश सार्वजनिक गरेकै दिन नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कारोबार स्थगित गर्दै स्पष्टिकरण माग गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम लाभांश प्रस्तावको जानकारी नेप्सेमा उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको हो । उक्त व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा जानकारी निर्णय भएको सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ ।

तर, बरुण हाइड्रोले आइतवार दिउसो गरेको लाभांश सम्बन्धि निर्णय सोमवार कारोबार भैरहेको समयमा उपलब्ध गराएको नेप्सेको भनाई छ । के कति कारणबाट लाभांशको सुचना समयमै पेश गर्न नसकिएको हो सो सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले भनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *