शिक्षा / स्वास्थ्य

बाह्रविसेको स्वास्थ्य केन्द्रमा मेयर बस्नेतले थपे वेड र वार्ड

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे मेयर बालकृष्ण बस्नेनले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा ६ वडा वेड थप गरिदिएका छन् ।

स्वास्थ्य केन्द्रमा दैनिक १ सयजना भन्दा बढि बिरामी आउन थालेपछि उपचारका लागि बस्नेतले वेडको व्यवस्थापन गरिदिएका हुन् ।

स्वास्थ्य केन्द्रमा मौसमी फ्लुका विरामी बढ्न थालेपछि उपलब्ध वेड र जनशक्तिलाई व्यवस्थापनमा हम्मेहम्मे परेका बेला मेयर बस्नेतले ६ वटा बेडलाइ फिटिङ्ग गराएर अस्पतालको सभाहलमा नयाँ वार्ड बनाउन लगाएका हुन् ।

सभाहललाई अर्को स्थानमा व्यवस्थापन गराउने बस्नेतको योजना छ । उनले पहिला जनता बचाएपछि राजनीति गर्ने विषय रहेको बताए । मेयर बस्नेतले पूर्वसञ्चारमन्त्री तथा कांग्रेस केन्द्रयि सदस्य मोहनबहादुर बस्नेतको निर्देशनअनुसार काम गरिरहेको भन्दै भने,‘हामिले पहिला जनता बचाउ कार्यक्रम लिएर कोरोनाकाल देखि नै लागिरहेका छौँ । आउदा दिनमा पनि यसैगरी अघि बढ्नेछौं ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले स्वास्थ्य केन्द्रमा आवश्यक हुने विषयमा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *