शिक्षा / स्वास्थ्य

कोरोना नियन्त्रणका लागि सिडिओ कार्यालय जारी गर्‍यो १३ बुँदे सूचना , लामाे रुटको यातायातले बीचमा यात्रु चढाउन नपाउने

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ।

सुरक्षा मापदण्ड अपनाउन भन्दै प्रशासन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो।

सोही पत्रमा उल्लेख गरेअनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सपिङ सेन्टर, डिपाटमेन्टल स्टोर, सभा सम्मेलन,समिक्षा तोलिम गोष्ठी सामाजिक दुरी कायम गरि २५ जना बढी भेला नहुन सुचना जारी गरेको छ । त्यस्तै गरी सार्वजनिक यातायात सञ्चालनको लागी ८ बदे मापदण्डका सुचना जारी गरेको छ । सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ। त्यस्तै गरि लामो यातायातको लागी सिट क्षमता अनुसारको यात्रु राख्ने , बीच बाटोमा यात्रु चढाउन नपाउने र सम्पुर्ण यात्रुहरुको बिवरण जिल्ला कोभिड १९ संकट ब्यवस्था काठमाडौमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *