शिक्षा / स्वास्थ्य

थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । बिहीबार ४ हजार २ सय १३ जनामा पीसीआर परीक्षण गर्दा थप १५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ३ हजार ३१ जनाले कोरोना भाइरसका कारणले ज्यान गुमाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *