शिक्षा / स्वास्थ्य

थप २ जनाको मृत्यु ,१ सय ६० सङ्क्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज १ सय ६५ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ६८ हजार ४ सय ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या २ हजार ४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *