मुख्य समाचार

थपिए ७४२ जना कोरोना संक्रमित

काठमाडौं। नेपालमा आज थप ७४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६३५१ जनाको पीसीआर परीक्षणमा ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १०७९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४४ हजार ७ सय ४३ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २३५, भक्तपुरमा २१ र ललितपुरमा ५५ जना संक्रमित थपिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *