काठमाडौं । पछिल्लो समय संसारभर कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । अमेरिका, युरोपका साथै एसियाका धेरै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार विश्वभर पाँच करोड २६ लाख ४३ हजार संक्रमित भएको तथ्यांक छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ५३ लाख ५ हजार ८ सय २८ पुगेको छ। त्यस्तै भारतमा ८६ लाख ८३ हजार ९ सय १६, ब्राजिलमा ५७ लाख ८१ हजार ५ सय ८२ र रुसमा १८ लाख ४३ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोनाबाट १२ लाख ९१ हजार ९ सय २१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। अमेरिकामा २ लाख ४२ हजार ६ सय ५४, ब्राजिलमा १ लाख ६४ हजार २ सय ८१, मेक्सीकोमा ९६ हजार ४ सय ३०, बेलायतमा ५१ हजार २०, इटालीमा ४३ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार ब्राजिलमा ५२ लाख ५४ हजार ४ सय ५७, अमेरिकामा ४० लाख ५१ हजार २ सय ५६, रुसमा १३ लाख ७८ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख चार हजार २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ११ सय ८९ जनाको मृत्यु भएको छ।




