देश

प्रधानमन्त्री ओलीसहित उच्चस्तरीय टोलीको निरीक्षणका लागि बाढीपीडित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । चीनतर्फबाट आएको अकस्मात बाढीले रसुवागढी क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली आज घटनास्थलतर्फ प्रस्थान गरेको छ। मंगलबार अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवातर्फ उडेको टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडी र अन्य वरिष्ठ सरकारी अधिकारीहरू रहेका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार टोलीले स्थलगत निरीक्षण गरी प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गर्नेछ र राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे आवश्यक निर्णय लिनेछ।

सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बाढी पीडितका लागि सबै स्रोत र संयन्त्र परिचालन गर्ने तयारी गरेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *