देश

योगेश भट्टराईको अपिल— सहकारी ठगीमा संलग्न धेरै मान्यहरु फरार छन्, आउनुस्, अनुसन्धानमा साथ दिनुहोस्

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सहकारी क्षेत्रको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद भट्टराईले सहकारी ठगीमा संलग्न रहेका धेरै व्यक्ति अझै फरार रहेको भन्दै ती सबैलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

उनका अनुसार, केही ‘सम्मानित’ मानिने व्यक्तिहरू समेत फरार छन्, जसले यो समस्या झन विकराल बनाइरहेको छ। “सहकारीको पैसा हिनामिना गर्नेहरू भाग्दैमा अपराध छुट्दैन,” भट्टराईले स्पष्ट पारे। सरकारले सहकारी क्षेत्रको बिग्रँदो अवस्था सुधार्न प्राधिकरण गठन गर्ने र ठगीमा परेका सर्वसाधारणको पैसा फिर्ता गराउने योजना बनाएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले यसलाई प्राथमिकतामा राखेको विषयमा सकरात्मक सन्देश दिए ।

सहकारीको संकट समाधानका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्ने भन्दै भट्टराईले जनताको भरोसा फिर्ता ल्याउन पारदर्शी अनुसन्धान र कारबाही अपरिहार्य भएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *