देश

टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन मधेसवादी दलहरूसँग आग्रह

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरूको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।

सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए ।

उनका अनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका बारेमा विभिन्न कुराहरू राखेको जानकारी दिए । मधेसवादी ८ राजनीतिक दलहरू मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताए । समान मुद्दा बोकेका राजनीतिक दलहरूको बैठक र एक आपसमा छलफल हुनु स्वाभाविक भएको बताए ।

मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताए । विगतमा भई आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरूमा छलफल भएको बताए ।

उनले भने ‘समान मुद्दा भएका राजनीतिक दलहरूको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यो मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भई आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आठ दलको बैठक बस्यो । यसमा आठ दलको कार्यदलको बैठक जुन हो, त्यहाँ आफ्ना विषय राखेको हो ।

धेरैलाई यो सरकारको बिरुद्धको बैठक जस्ता धेरै अभिव्यक्ति आएका छन् । त्यस्तो होइन । आठ दलको कार्यदलभित्र नागरिक उन्मुक्तिले हिजो टिकापुर घटना भइरहँदा टिकापुर घटनामा झटा मुद्दा लगाइएका अहिले पनि ५८ जनामाथि झुटा मुद्दा लगाइएको थियो, २८ जना जेलमा बस्यौँ हामी । ३० जना फरारको सूचिमा हुनुहुन्छ । ३ सय जनाको नाम र ठेगाना मिलेन भनेर अझै पनि त्यो मुद्दाको तामेलीमा छ । जुनसुकै बेला नाम ठेगाना प्रमाणित भए तिनीहरूमाथि पनि मुद्दा लाग्नसक्छ । त्यो थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन, त्यो पनि उठाइदिनुस्, राख्दिनुस् । राख्नुहुन्छ की राख्नुहुन्न । मोर्चाको नामका विषयमा पनि कुराकानी भयो ।’

उनले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताए । भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *