काठमाडौं । धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङ धरानवासीलाई पानीको अभाव भएको भन्दै धराने जनताको तिर्खा मेटाउने पलहलकालागि केन्द्रिय सरकारसँग सहमतिको खोज्दै आएका सोमबार काठमाडौं आएका छन् । सोमबार तिर्खा मेटाउन धरानेवासीको पानीको गाग्री रितै भएको सन्देश लिएर काठमाडौं आएका स्वतन्त्र मेयर मंगलबार रित्तो पानीको सिल्भरको ग्राग्री लिएर सिंहदरबारमा पुगेका छन् । धरानमा पछिल्लो समय देखिएको पिउने पानी व्यावस्थापनका लागि प्रधानमन्त्रीसँग र खानेपानीमन्त्रीसँग भेट गर्ने योजनाका साथ केहीबेर अघि सिंहदरबार पुगेका मेयर सांङपाङको हातबाट प्रहरीले पानीको रित्तो गाग्री नियन्त्रणमा लिएको छ ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका हुन् । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए । मेयर साङपाङले सरकारसँग धरानवासीको पानीको समस्या हल गरिदिन माग गर्दै आएका छन् ।




