देश

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताएका थिए। कांग्रेसले केही समय मागेकाले अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन ।कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *