देश

राष्ट्रिय सभामा सहकार्य गर्न गठबन्धन र एमालेबीच कुरा मिलेन

काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीच मात्र सिट बाँडफाँट हुने भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धन बीचमै राष्ट्रिय सभा निर्वाचनमा हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरु बीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए । उनले सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए ।

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए ।

माघ ११ गते हुने राष्ट्रिय सभाको १९ सिटको निर्वाचनका लागि पुस २३ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *