देश

डा. केसीको स्वास्थयमा समस्या देखिएपनि सोमबार मात्र सत्याग्रह तोड्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह सोमबार तोड्ने भएका छन् ।केसीका सहयोगी डा. अमृत जैसीका कारण गत शुक्रबार बेलुकीबाट अनसनर केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने छन् । डा. केसीले आइतबार नै सत्याग्रह तोडने बताएपनि ७२ घण्टा पु¥याउनलाई सोमबार अनशन तोड्ने बताए । अहिले केशीको अवस्था विग्रदै गएको उनका सहयोगी जैसीको भनाइ छ ।

अहिले डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थय समस्याका कारण अहिले शौचालय सम्म जान नसक्ने अवस्था भएको सहयोगी डा. अमृत जैसीले जानकारी दिए । उनका अनुसार डा.गोबिन्द केशीले स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्लाइन चढाउन खोज्दा मानेनन् । डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१ औँ अनसन सुरु गरेका हुन् । उनी गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनसनका लागि धनगढीस्थित गेटा अस्पताल पुगेका थिए । तर सत्याग्रह बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।

डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राखेका छन् । गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउनुपर्ने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थिति अनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेल्धुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।

१०० शय्या भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरु विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्ड सहित कानुनी व्यवस्था गर्नेस ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग राखेका छन् । यस्तै सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनको माग छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *