देश

तारा एयरको आपतकालीन झ्यालको सीसा बीच बाटोमै खसेपछि…

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा बीच बाटोमै खसेको छ । उड्ने बेला सिसा भए पनि ल्यान्ड भएपछि थिएन । तर पाइलटले जहाज सकुशल अवतरण गरेका छन् ।

आइतबार बिहान ९ बजेर ३१ मिनेटमा काठमाडौंबाट १ हजार १२६ केजी सामान लिएर उडेको ताराको कार्गो विमानको आपतकालीन ढोकाको सिसा झरेको हो । कार्गो जहाजको आपतकालीन ढोकासो सिसा उडानको क्रममै खसेको पाइएको छ । जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन भने रनवेमा पनि सिसा नदेखिएको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *