देश

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमणका बारेमा संसदीय समितिमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका– चीन भ्रमणका बारेमा छलफल हुने भएको हो ।

सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाईएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँवाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *