मुख्य समाचार

प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध ३ वटा उजुरी

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।

साउन १८ गते बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीश सिफारिस श्रेष्ठविरुद्ध १० दिनको समय दिएर संसदीय सुनुवाइ समितिले गत साउन २३ गते उजुरी आह्वान गरेको थियो ।

संसद् सचिवालयका अनुसार उनीविरुद्ध तीनवटा उजुरी परेको छ । अब बस्ने समिति बैठकले श्रेष्ठविरुद्ध परेका उजुरी खोल्ने र छलफल गर्ने संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेबाट अनिवार्य अवकाशमा गएपछि सर्वोच्चमा बहाल १४ मध्ये वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कायममुकायम प्रधानन्यायाधीशका रुपमा साउन २१ गतेबाटै न्यायपालिकाको नेतृत्व गरेका हुन् ।

श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *