देश

तीन मिनेट बसेर प्रतिनिधिसभाको बैठक स्थगित, फेरि बस्ने

काठमाडौं । तीन मिनेट बसेर प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार बिहान साढे ११ बजे बसेको बैठक तीन मिनेट सञ्चालन भएर स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

आजको कार्यसूचीको क्रमसंख्या २ देखि ६ सम्मको कार्यक्रम अर्को बैठकको लागि सारेको व्यहोरा जानकारी गराउँछु। प्रतिनिधि सभाको आज १५ मिनेटपछि बस्नेगरी स्थगित हुन्छ,’ उनले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *