काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री हिकमत कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन्
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मत कार्कीले यस्तो बताएका हुन् ।
प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै सरकार कानूनअनुसार चल्ने उल्लेख गरेका हुन् । ‘जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने भएकाले हिम्मत गरेर अघि बढ्ने बताए ।
जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा भने नपरेको उनको भनाइ छ । माओवादी केन्द्रले पनि सरकार छोड्न सक्ने आकलन गरिएपनि अहिलेसम्म माओवादीले कुनै ठोस प्रतिक्रिया भने दिएको छैन् ।
‘




