देश

काठमाडौं जिल्ला अदालतको आदेश –निराका हत्या आरोपित विनोदलाई थुनामा पठाउने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कपनमा एक महिनाअघि भएको हत्याकान्डका आरोपी विनोद विश्वकर्मालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रबार थुनछेक आदेश गर्दै अदालतका न्यायाधिश चन्द्रप्रकाश तिवारीले उनलाई थुनामा पठाएका हुन् । सरकारी वकिल कार्यालयले विनोदविरुद्ध जिवनभर कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र समेत दर्ता गरेको थियो ।

विनोदले हत्या गरेर लुटेको सुनको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई भने धरौटीमा छुट्ने भएका छन् । । वैशाख ७ गते निरा आचार्य आफ्नै भाँडा पसलभित्र हत्या गरेपछि उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो ।

घटनाको ९ दिनपछि प्रहरीले ३६ वर्षीय विनोदलाई झापाबाट पक्राउ गर्यो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *