राजनीति

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

केन्द्रबाट नै भागभण्डा भएकाले उनलाई विश्वासको मत दिनुपर्ने प्रचण्डले बताएका हुन् ।
यस्तै माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदीय दलको बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *