काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने सुदूरपश्चिम एमाले संसदीय दलले निर्णय गरेको छ ।
एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकका अनुसार संसदीय दलको कार्यालयमा सबेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।
२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
माओवादीले यथास्थितिमा विश्वासको मत दिन नसकिने हिजोको बैठले निर्णय गरेको थियो । नागरिक उन्मुक्तिले पनि लिखित सहमति नभए विश्वासको मत दिन नसकिने बताएको छ । आज १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत लिने निश्चित छ ।




