देश

अनमोल केसी चलचित्र ‘एक्स नाइन’ मा अनुबन्ध

काठमाडौं । अभिनेता अनमोल केसी नयाँ चलचित्र ‘एक्स नाइन’ मा अनुबन्ध भएका छन् ।

शनिबार अनमोल र यसको निर्माण पक्षबीच औपचारिक रुपमा चलचित्रमा काम गर्ने सम्झौता भएको छ । चलचित्रको छायांकन क्यानडा, यूरोप र नेपालमा हुने बताइएको छ ।

‘एक्स नाइन’ चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् । चलचित्रमा किङ योगी र मुकुन्दको पटकथा छ । चलचित्रका निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सोनु खत्री, सुवोध भट्ट छन् । चलचित्रका कार्यकारी निर्माता दिनेश भट्ट हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *