अर्थ

अर्थतन्त्र पुनरुत्थानको चरणमा प्रवेश गरिसकेको छ : अर्थमन्त्री पोडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ का लागि बजेट भाषण सुरू गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेट भाषणमा उनले अर्थतन्त्र पुनरुत्थानको चरणमा प्रवेश गरिसकेको दाबी गरे।

बजेट भाषणको क्रममा अर्थमन्त्री पौडेलले भने, “सरकार गठन हुँदा अर्थतन्त्र दबाबमा थियो, तर निरन्तर प्रयासपछि अब सकारात्मक लय समातिएको छ।” उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४।६ प्रतिशत हुने प्रक्षेपण पनि प्रस्तुत गरे।

गत वर्ष ३.७ प्रतिशतमा सीमित रहेको आर्थिक वृद्धिदरलाई तुलनात्मक रूपमा सुधार भएको बताउँदै, यस वर्ष उद्योग, निर्माण लगायतका क्षेत्रमा धनात्मक वृद्धिदर देखिएको जानकारी उनले दिए। आजको संसद बैठकमा प्रतिपक्षी दलहरूले कुनै अवरोध नगरेका कारण बजेट भाषण शान्तिपूर्ण रूपमा अगाडि बढेको छ। बजेटमार्फत अर्थतन्त्रलाई थप स्थायित्व दिने संकेत अर्थमन्त्री पौडेलले गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *