अर्थ

माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले यसवर्ष भने लाभांश सम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *