अर्थ

नौ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा नेपालमा झण्डै ११ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपियाँ रेमिट्यान्य भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९.८ प्रतिशत बढी हो । गत आव ९ खर्ब ३ अर्ब ३९ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको थियो । गत आवको आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *