अर्थ

बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

ढाका।  विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण पठाएका छन् ।

चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर बिप्रेषण पठाएका थिए ।

बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विपे्रषण खाडी देशबाट आउने गर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *