अर्थ

भारतको औद्योगिक उत्पादन अक्टोबरमा ११.७ प्रतिशतले बढ्यो

काठमाडौं । औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ।

यो पछिल्लो १६ महिना यताकै ठूलो हो। मुख्यतया खानी, उत्पादन र विद्युत क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो।

उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ।

टिकाऊ वस्तुहरू अक्टोबरको लागि क्रमशः १२३.० र १४१.५ रहेको छ। सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *