समाचार

इतिहासमा चर्चा कमाउन सफल एनआईसी एशिया बैङ्क

काठमाडौं । एनआईसी एशिया बैंक २५ वर्षअघि विराटनगरमा स्थापना भएको थियो । देशकै प्रसिद्ध रुपमा स्थापित भएर चर्चामा आएको छ एनआइसी एसियया बैङ्क । क्षेत्रीय स्तरबाट सूरु भएको एनआइसी एसिया बैंकमा अहिले लगभग ४० लाख ग्राहक पुगीसकेका छन्् । एनआइसी बैकको तथ्याङ्गकअनुसार वर्तमान समयमा प्रत्येक महिना नयाँ ग्राहकहरु एक लाखको हाराहारीमा थपिरहरेका छन् । डिजिटल प्लेटफर्ममा समेत यस बैंक अग्रस्थानमा रहेको छ । अहिलेसम्म सबैभन्दा बढी वाणिज्यबैङकमध्ये मोबाइल एप २२ लाख ६३ हजारभन्दा धेरैले डाउनलोड गरेर एनआइसी एसिया बैङकले लोकप्रियता कमाउन सफल भएको छ ।

बैंकको विभिन्न बचत खातामा प्राप्त बीमा सुविधाबाट २०७९ पौष महिनासम्म २ हजार ७८ जनाले बीमा वापतको ७ करोड ७७ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । बैंकले ल्याएका हरेक योजनाले ग्राहकको मन जितेपछि नेपालको सबैभन्दा धेरै मन पराइएको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए । व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै क्षेत्रीय बैंकको रुपमा नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी बैंक) लिमिटेड साढे दुई दशकअघि विराटनगरमा स्थापना भएको थियो ।

एक क्षेत्रीय बैंकको रुपमा एउटा शाखाबाट शुरु भएर विरानटनगरमा केद्रीय कार्यालयको स्थापना २०५५ साउन ५ गते भएको थियो । सो समयमा एनआईसी बैंकमा १९ जना कर्मचारी कार्यरत रहेका थिए भने ८ करोड १२ लाख ५० हजार चुक्ता पुँजीरहेको थियो ।

स्थापनाकालको छोटो समयमा नै यस बैङ्कमा ग्राहकहरुको आर्कषण बढ्दै गयो । सो बैंकले आर्थिक वर्ष २०५६/०५७ मा पहिलो पटक १७.५ करोडको प्राथमिक शेयर निष्कासन गर्दा ८ गुणाभन्दा बढीको आवेदन परेपछि शेयर निष्कासनले तत्कालीन अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आवेदन रकम संकलनमा प्राथमिक शेयर निष्कासनको इतिहासको रुपमा नाम कमाउन सफल भएको थियो ।

एनआईसी बैंकले नेपालमा पहिलो पटक सेभिङ अकाउन्टमा लाइफ इन्स्योरेन्स घोषणा गरेर बैंकले सन् २००३ मा नै ‘एनआईसी लाइफ सेभिङ अकाउन्ट’ स्थापित गर्न सक्षम भयो ।

नेपालमै पहिलो पटक सबैभन्दा सस्तो दरमा घर निर्माणका लागि ऋण दिन पनि सफल भयो । स्थापनाकालको पहिलो ९ वर्षमै ‘आई. एस. ओ. ९००१ : २००८’ सर्टिफिकेशन प्राप्त गरेपछि सो सर्टिफिकेट देशको बाणिज्य बैंकहरुमा सबैभन्दा पहिलो बन्न पुगेको थियो । यो सगैँ एनआइसी एसिया बैङ्क गुणस्तर कायममा जेठो बन्यो । यो बैङ्क पटक आईएफसीबाट ‘लाइन अफ क्रेडिट’ प्राप्त गर्ने पहिलो बैंक पनि हो । अन्तर्राष्ट्रिय स्तरको सर्टिफिकेट प्राप्त गरेसँगै बैंकले अन्तर्राष्ट्रिय स्तरकै अवार्डमा समेत हात लम्काउन सूरु गरेको थियो ।

१० वर्षमा बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गरेपछि ‘एनआईसी’को विश्वस्तरमै चिनारी बढ्यो । फलस्वरुप बैंकले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ च्यानलमार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको समेत थालनी गर्न सफल बन्यो । बैंकले सन् २००८ देखि डोमेस्टिक रेमिट्यान्स सेवा शुरु गरेपछि ग्राहको सुविधामा समेत सहयोग गर्दै जुनसुकै शाखाबाट पैसा पठाउन र पाउन सकिने व्यावस्था गरको थियो ।

बैङ्कले स्थापित गरेको सेवास्वरुप सन् २००९ मा बैंकले पुनः आईएसओः ९००१ : २००८ बाट सम्मानित बन्न सक्षम भएको थियो ।सोही वर्ष बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि सुरु गर्दै यस बैंक सफलरुपमा तीव्र ‘ग्रोथ’ गर्दै सन् २००७ मा स्थापना भएको बैक अफ एशिया बैंकसँग मर्जरमा परिणत भयो ।

यो निर्णय नेपालको बैंकिङ क्षेत्रका लागि ठूलो इतिहास बन्न पुग्यो । वि.स २०७० असार १६ गते तत्कालिन नेपाल इण्डष्ट्रियल एण्ड कमर्शियल बैंक लिमिटेड (एनआइसी)मा बैंक अफ एशिया नेपाल लिमिटेड मर्ज भइ एनआईसी एशिया बैंकका रुपमा स्थापित बन्न पुग्यो ।

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले विभिन्न सूचकांकमा पहिलो नम्बरमा चर्चा कमाउन सफल भएको थियो । यस बैङ्कले सञ्चालनमा नाफा, खुद नाफा, निक्षेप, कर्जा, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालय, ग्राहक संख्या र एटीएमको संख्यामा बैंकले उल्लेख्य प्रगति गर्न सफल बनेको छ ।

एनआईसी एशिया मुलुकभरका झन्डै ४० लाख ग्राहकहरुको रोजाइएको बैंक बनेको छ । नेपालको वाणिज्य बैंकमा यो संख्या मोबाइल बैंकिङ प्रयोगकर्ता २२ लाख ६३ हजारबाट माथि छन् भने गत वर्षसम्म समग्र बैंकिङ्ग क्षेत्रको औषत मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ४ लाख ६१ हजारमा छन् । कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतलाई सेवा दिदैँ आएको छ ।

यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । विभिन्न निःशुल्क सेवा, छुट, आकर्षक ब्याज, ८४ लाखसम्मको बीमा, बचतभन्दा दश गुणा बढी पूर्वस्विकृति कर्जा, प्रिभिलेज बैंकिङ जस्ता अनेक सुविधा उपलब्ध गराएको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ भने मुलुकका विभिन्न ठाउँमा ३५९ शाखा, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा सहित बैंकिङ सञ्चालनमा छन् ।

बैंकको मोबाइल एप ‘एनआईसी एशिया मो बैंक’ यो अहिलेसम्म २२ लाख ६३ हजारभन्दा धेरै पटक डाउनलोड गरिसकेका छन् बैंकका ४० लाख ग्राहकमध्ये अधिकांशले अनलाइनका प्लेटफर्महरु प्रयोग गरिरहेका छन् । कुल कारोबारको ७० प्रतिशतभन्दा धेरै अनलाइनका प्रयोगकर्ता रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेका अनुसार बैंकको डिजिटल सेवा सबैभन्दा उत्कृष्ट रहेको छ । ७ करोड ७७ लाखभन्दा धेरै बीमा भुक्तानीमा ग्राहकहरुले विश्वास गरेका छन् । यस बैंकले खाता खोल्ने ग्राहकले ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २ हजार ७८ जना ग्राहकले बीमा सुविधा पाइसकेका छन् । बीमा सुविधा प्राप्त गर्ने यी ग्राहकलाई बैंकले हालसम्म ७ करोड ७७ लाखभन्दा बढी बीमा रकम भुक्तानी गरिसकेको छ ।

ग्राहकले घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत १२ जनाले १ करोड २० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा ९१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ ।

यस बचत योजनाअनुसार ग्राहक महानुभावले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आइपीएसरसी आइपीएसरफन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले व्यावस्था मिलाएको छ ।

यस्तै सिन्धुपाल्चोकका ३२२ माझी परिवारलाई ५३ वटा भूकम्प प्रतिरोधी घर, सामुदायिक भवन, बाल पार्क, सडक जस्ता पूर्वाधार निर्माण गरी एकीकृत नमूना माझी बस्ती बनाउन आर्थिक सहयोग समेत यस बैङ्कले गरेको थियो ।

२०७७ माघ मसान्तमा नेपाली सेनासँगको सहकार्यमा नुवाकोटको किस्पाङ गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्न र त्यसै वर्ष फागुन ७ गते नेपाल नेत्र ज्योति संघले अर्घाखाँचीमा आयोजना गरेको मोतियाविन्दु सर्जिकल आँखा शिविरलाई आर्थिक सहयोग समेत बैङ्ले गरेको थियो । नेपाल सरकारको ‘एक पालिका एक अस्पताल’ कार्यक्रम अन्र्तगत रुपन्देहीको कञ्चन गाउँपालिकामा १५ शैयाको अस्पताल भवन निर्माण गर्न आर्थिक सहयोग गरेको थियो ।

लुम्बिनी क्याम्पसको डिजिटाइजेसन परियोजना अन्तर्गत शिक्षा व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) स्थापना गर्न आार्थिक सहयोग गरेकाले क्याम्पसका ४ हजार ८ सयभन्दा बढी विद्यार्थीलाई राहत पुगेको छ ।

नेपालमा कोरोना संक्रमणको समयमा एनआईसी एशिया बैंकले जनचेतना फैलाउन विभिन्न संस्थासँग सहकार्य तथा उपकरण वितरण एवम ‘डाक्टर अन डिमान्ड’ (स्वास्थ्य परामर्श) नामक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग जुटाएको थियो ।यस्तै आर्थिक वर्ष २०७७/०७८ मा लकडाउनका कारण रोजगारी गुमाएका र यसको प्रभावमा परेका वर्गलाई प्रत्यक्ष सहयोग गर्न विभिन्न संस्थासँगको सहकार्यमा खाद्यवस्तु तथा अक्सिजन कन्सेन्ट्रेटर मेसिन, मास्क, सेनिटाइजर, पीपी अक्सिजन सिलिण्डर, औषधीजन्य सामग्री जस्ता सुरक्षासामग्री वितरण गर्दै उपलब्ध गराएको थियो ।

यस बैंकले छात्रछात्राहरुलाई आवश्यक शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्ने अभिप्रायले कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूमा अध्ययनरत १२ जना विद्यार्थीहरूलाई १ लाख ९८ हजार ९ सय ५० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । यस एनआइसी बैङ्कले अहिले अन्य बैङकको तुलनामा थुप्रै सेवा सर्वसुलभ रुपले वितरण गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *