अर्थ

ब्लुप्रिन्ट ट्रेडिङले भन्याे- हामीले सेनेटरी प्याड आयात गर्दैनाैँ

काठमाडौँ । ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चार माध्यमहरूमा सेनेटरी प्याड आयत गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ ।

केही सञ्चार माध्यमहरूले ब्लु प्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गरेको समाचार प्रकाशित गरेपछि शनिवार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूले बच्चाहरूका लागि डाइपर मात्रै आयात गर्ने गरेको बताएकाे हाे ।

‘विभिन्न सञ्चार माध्यामहरुमा ब्लु प्रिन्ट ट्रेनिङ प्रालिका विषयमा बिना आधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लु प्रिन्ट ट्रेनिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो’, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यामहरुमा सेनेटरी प्याड आयत गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर आपत्ति छ । ब्लु प्रिन्ट ट्रेडिङले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयत गरेको छैन ।’

केही सञ्चार माध्यमहरूमा प्रधानमन्त्री पुत्रकाे कम्पनीले सेनेटरी प्याड आयत गर्ने गरेको भन्दै समाचार प्रकाशन भएपछि कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म सेनेटरी प्याड आयत नै नगरेको स्पष्ट बताएकाे हाे ।

‘बिना आधार हाम्रो कम्पनीको मानहानि हुनेगरी प्रकाशित/प्रसारित समाचार गलत भएको यसै विज्ञप्ति मार्फत आम नागरिकलाई जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमहरूलाई बिना आधार र प्रमाण यस्ता समाचार प्रकाशन गर्दा हाम्रो संविधानले दिएको प्रेस तथा वाक स्वतन्त्रताको दुरुपयोग हुनुका साथै सञ्चार माध्यमहरूकै विश्वसनीयतामा प्रश्न उठ्ने हुँदा तथ्य र प्रमाणका आधारमा मात्रै समाचारहरू प्रकाशन गर्न पनि हामी अनुरोध गर्दछौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *