सम-सामयिक

हेलम्बु गाउँपालिकाको लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो ।

गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण” भन्ने मुल नारा लिएर लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जस अन्तर्गत बाढि पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा सहुलियत ब्याज, बाढिबाट क्षति पुगेका ८ वटा ट्राउट माछा फर्मको लागि दाना बनाउने मेशिन खरिद गरिदिने,बाढिको कारण गाउँपालिका भित्र पूर्ण रुपमा क्षति भएको घर र जग्गा जमिनहरुको गाउँपालिकालाई तिर्नु पर्ने कर तिर्नु नपर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

यस्तै गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । एक वडा एक एम्बुलेन्स, घरघरमै सुत्केरी आमाहरु जाँच, समय र हाम्रो माग–दिर्घरोगीहरुलाई निशुल्क औषधीद्धारा सम्मान, निशुल्क एम्बुलेन्स सेवा तथा थप प्रसुती पोषण खर्च जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरु गाउँपालिकाले समेटेको गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

यस्तै शिक्षा क्षेत्रलाई पनि गाउँपालिकाले विशेष प्राथमिकता दिएको छ । हेलम्बु नमूना विद्यालय, सम्बोटालिपी र संस्कृतलीपी, दलित विद्यार्थीको लागि निशुल्क डाक्टरी शिक्षा, विद्यालयमा दिवा खाजा कार्यक्रम, शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, गाउँपालिका भित्र रहेका बालविकास सहजकर्ताको तलव वृद्धि,अध्यक्षसँग बालवालिका कार्यक्रम, विद्यालय मर्ज कार्यक्रम, शिक्षकहरुले आफ्नो बच्चाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने जस्ता कार्यक्रमहरु गाउँपालिकाले ल्याएको छ ।

गाउँपालिकाले पर्यापर्यटन लागायतका क्षेत्रहरुलाई समेत प्राथमिकतामा राखेको छ । आगामी वर्षहरुमा भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, को क्षेत्रलाई प्राथमिकतामा राखि पर्यटन प्रवर्धन, रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा र आयआर्जनमा वृद्धि गरि हेलम्बु लाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको जनाएको छ ।

[pdfjs-viewer attachment_id=239766 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/Final-niti-tatha-karyakram2079-03-10.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/06/Final-niti-tatha-karyakram2079-03-10.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *