अर्थ

२२ वटा सार्वजनिक संस्थानले नाफा कमाउँदा १९ वटा भने घाटामा

काठमाडौं । सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमा २२ वटा नाफामा रहेको भएपनि १९ वटा घाटामा गएका छन् ।

सरकारले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले संस्थानहरूबाट पाएको लाभांश ५२ प्रतिशतले घटेको छ । अघिल्लोअ आर्थिक वर्षमा १४ अर्ब ९ करोड लाभांश पाएको सरकारले यसपालि भने ६ अर्ब ७२ करोड रूपैयाँ लाभांश पाएको छ।

२०७८ असारसम्म संस्थानहरुमा सरकारले ३ खर्ब १४ अर्ब सेयर लगानी र २ खर्ब ५२ अर्ब ऋण लगानी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *