अर्थ

सूर्या लाइफको शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसियन बैंक लिमिटेडको नाममा रहेको सूर्या लाईफको संस्थापक शेयर एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको सूर्या लाइफको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

उक्त इन्स्योरेन्स कम्पनीले बोलकबोल मार्फत ८ हजार १ सय ५८ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३०४ रूपैयाँ तोकिएको छ ।

त्यस्तै, बैंकले ८ हजार १ सय ५८ कित्ता शेयर बिक्री गर्न कम्पनीमा आवेदन दिएकोमा बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक शेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने र निजहरुले खरिद नगरेमा प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति–संस्थालाई उपयुक्तताको जाँच गरी शेयर बिक्री गर्न सकिने व्यवस्था शेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्रमा आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य निर्धारण गरेर कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल काठमाण्डौमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *