अर्थ

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोलाको ९२ हजार २०० रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले गिरावट आएर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९१ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *