काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । हटाउने प्रयोजनाका लागि सरकारले ढुंगानासँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।
‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।
ढुंगानासहित नेप्सेका तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद समेत सर्वोत्तम सिमेन्टको आइपीओ प्रकरणमा मुछिएका थिए । तर साउदले भने राजीनामा दिइसकेका छन् ।




