अर्थ

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार गरेका छन् । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराए।

सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुशासन र नैतिकता हुन पदैन र ?’ जवाफमा निर्देशक साउदले भने,’नियम कानूनको परिधिभित्रै रहेर सर्वोत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो । अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूना प्रश्न उब्जन दिइने छैनौँ ।’

सर्वोत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उनले भने, ‘आगामी दिनमा यस्ता नमूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *