समाचार

नेप्सेमा दोहोरो अंकको बृद्धि, सेयर कारोबार पनि बढ्यो

काठमाडौं । याे साता सेयर बजारमा सामान्य सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको कोरोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ११‍‍.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ ।

त्यस्तै आज कारोबार रकम पनि बढेको छ । आज ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार नेप्सेमा ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । सेयर बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९‍.४० प्रतिशतले बढेको छ भने रैराङको ८‍.९१ प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ । १ साता अघि सेयर बजार लागेकाे पहिराे पुराना लयमा फर्केने सकस देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *