समाचार

पाँच विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा, भोली नेपाल आयल निगमका गाडी चल्न नदिने

काठमाडौ । ५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिद्यार्थी संगठनहरु नेपाल बिद्यार्थी संघ, अखिल ( क्रन्तिकारी ), अनेरास्ववियु, समाजबादी बिद्यार्थी र अखिल छैटौंले आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

असार २८ गते नेपाल आयल निगमका गाडी चल्न नदिने निर्णय भएको उनीहरूको भनाइ छ।

यस्तै असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय भएको जनाइएको छ ।
त्यस्तै गरी असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन्। त्यस्तै उनीहरुले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको आन्दोलन प्रति ऐकीवद्धाता समेत जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *