काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेमा यो हप्ताको अन्तिम दिन विहीबार दोहोरो अंकले बढेर बन्द भएको छ । विहीबार नेप्से २३ दशमबल ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलब ८९ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।
विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ । बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सव इन्डेक्स माथि पुगेको छ । फाइनास् ३ प्रतिशत भन्दा बढीले उकालो लाग्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत उकालो लागेका छन् ।
सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामो राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ । निरन्तर घटिरहेको नेप्से परिसुचक साताको कारोबारको अन्तिम दिन भने बढेको छ ।




