समाचार

साताको पहिलो दिन नेप्से दाहोरो अंकले बढ्यो, ७ अर्ब १६ करोड ७४ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.१७ अंकले बढेर दुई हजार ८ सय ७० दशमलब १७ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा ७ अर्ब १६ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये पाँच समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा सेञ्चुरी कमर्शियल बैंक र अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । यस कम्पनीको आज ४० करोड भन्दा बढीको शेयर कारोबार भएको छ । गत साता खस्केको सेयर बजार यो साता उकासिने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *