काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार भारी अंकको गिरावट आएको छ । आज नेप्से ४५.७ अंकले घटेर दुई हजार सात सय ८२ दशमलब ८६ विन्दुमा रोकिएको छ ।
नेप्सेका अनुसार आज १३ अर्ब ९० करोड ९१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् । हिजो आइतबार मात्र सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । जसमा नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएको थियो । आज भने नेप्से सगै कारोवारमा पनि गिरावट आएको हो ।
आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राधी जलविद्युत कम्पनी, सेन्ट्रल फाइनान्स लिमिटेड, र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।
त्यस्तै, आज आखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार राधी जलविद्युत कम्पनीको भएको छ ।




