अर्थ

उतारचढावका बीच सेयर बजार हरियाली, एक दर्जन कम्पनीको शेयर मुल्य बढ्यो

काठमाडौं ।काठमाडौं । बुधबारको कारोबारमा उतारचढावका बीच सेयर बजार बन्द हुँदा हरियो देखिएको छ । नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ अंकमा पुगेको छ । आज कारोबारमा १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा कारोबार भएको छ ।

आज बुधबार १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा ३ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल ९तराई०, आँखुखोला जलविद्युत् कम्पनी छन् । त्यसैगरी विशाल बजार ९९९९ प्रतिशत०, रुरु जलविद्युत् परियोजना ९९.९७ प्रतिशत, समता घरेलु लघुवित्त ९९.९६ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनी ९९.९४ प्रतिशत, युनियन हाइड्रोपावर कम्पनीमा ९९.९४ प्रतिशतको उछाल देखिएको छ ।

त्यसैगरी साल्ट ट्रेडिङ ९२.२७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्स ९२,२३ प्रतिशत र सूर्योदय लघुवित्त ९१,८९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका हिसाबले सबैभन्दा बढी नेपाल पुुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू ३५ करोड १६ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू। १८ ले घटेर अन्तिम मूल्य रू।१ हजार ५५० कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *