अर्थ

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । बिहीवारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रवार सारिएको विक्री प्रबन्धकले बताएको छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधवारनै भएको थियो ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ ।

विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । हाल कम्पनीमा संस्थापक तर्फको मात्र रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *