काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा सर्वसाधारणका लागि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
बैकको मंसिर ३ गते बसेको साधारणसले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेपछि बैंकले आइपिओ निष्काशनका लागि आवेदन सहित नेपाल धितोपत्र बोर्डमा पुगको छ ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हालसम्मकै सबै भन्दा ठूलो हुनेछ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने बैकले जनाएको छ ।




