काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धाममा पानीट्यांकी उपलब्ध गराएको छ । बैंकले केदारेश्वर धाममा पाल्नु हुले भक्तजनलाई सफापानीे उपलब्ध गराउन हजार लीटरको पानीट्यांङ्की उपलब्ध गराएको हो । केदारेश्वर धामको नियमित सरसफाईको लागी यस धाममा पाल्नुहुने भक्तजनबाट सहयोग स्वरूप रू बीसका पांच हजार थान टिकट हस्तान्तरण गरेको छ ।
बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धाममा आउने भक्तजनलाई सफापानीे उपलब्ध गराउन पानीट्यांङ्की साथै यस धामको नियमीत सरसफाईको रू बीसका पांच हजार थान टिकट हस्तान्तरण समेत हस्तान्तरण गरेको बैकले जनाएको छ ।
पानी ट्यांङ्की र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितीका अध्यक्षकृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुन ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।




