अर्थ

सेञ्चुरी बैंक र होटल र्निवाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र होटल र्निवाणा लक्जरी ईन्टरनेशनलप्रा.लि.बीच सेवा सुविधामा छुट सम्वन्धी सम्झौत्ता भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु त्था संस्थापक शयेरधनीहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको हो ।
सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्तार होटल र्निवाणा लक्जरी ईन्टरनेशनलप्रा.लि.का महाप्रवन्धक सुनील श्रेष्ठले संयुक्त हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पूर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *