काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला सुनको मूल्य बढेर ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो। गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो। भने शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ। महासंघका अनुसार ईरान र अमेरिकाबीचको तनावको असर सुनको मूल्यमा देखिएको हाे । यस्तै, भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको उनको तर्क छ। सुनको भाउ अझै बढ्नसक्ने जानकारी दिए। प्रतितोला चाँदीको मूल्य भने ९ सयमा कारोबार भइरहेको छ।




