अर्थ

बर्दिबासमा सेञ्चुरीको शाखा रहित बैकिङ्ग सेवा सञ्चालन

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बर्दिबास नगरपालिका–३ पाटुमा महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले सयुक्त mरपमा एक समारोहकाबीच बर्दिबास, पाटुमा शाखारहित बैंकिङ्ग प्रतिनिधी गंगाबहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गर्नु गरेका थिए ।
सेञ्चुरी बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु,७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालमा छन । उपत्यकाबाहिर बैंकका सय शाखाहरु,३ वटा एक्स्टेन्सन काउन्टरका साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *