काठमाडौँ। जापानको नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पराजित भएका छन् ।
जापानको निशियो जिम्न्यासियममा आज सम्पन्न पुरुष ७० केजी तौल समूहको पहिलो चरणमा इराकका अलि कासिम हामदानअल–सारेसँग दानबाहदुरले ५–० अङ्कले पराजित भएका हुन् ।
उहाँसँगै नेपालबाट बक्सिङमा सात खेलाडीले भाग लिएका हुन् । चन्द्रबहादुर थापा, खगेन्द्र रोक्का मगर, रबिन नेपाल, रमिसा श्रेष्ठ, अस्मिता तामाङ र कुसुम तामाङले अझै खेल खेल्न बाँकी छ ।




