देश

‘संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छ’: मुख्यमन्त्री शाह

सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा मात्र सीमित नराखी सही कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले संविधानको सही कार्यान्वयन गरेर नै नेपालीको भविष्यको खाका तयार गर्न सकिने बताए।

धनगढीमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहले ‘जेनजी’ आन्दोलनका क्रममा भएको धनजनको क्षतिले गहिरो पीडा महसुस भएको भन्दै अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति र विकासलाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रदेश सरकार प्रदर्शनमा शहादत दिएका व्यक्तिका परिवार र घाइतेहरूसँग रहेको पनि उल्लेख गरे।

समारोहमा प्रदेश सभामुख भीमबहादुर भण्डारीले पनि ‘जेनजी’ आन्दोलनमा शहादत प्राप्त गर्नेहरूको भावनाको कदर गर्दै नयाँ नेपाल निर्माणमा देखिएका समस्याको समीक्षा गरेर अघि बढ्न आग्रह गरे। यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले अब शान्ति, समृद्धि र पुनर्निर्माणका लागि एकजुट हुन सबैलाई आह्वान गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *